नियम
नाम दर्ताको लागि दरखास्त दिने
(१) स्वास्थ्य व्यवसाय गर्नको लागि परिषद्मा 
आफ्नो नाम दर्ता गराउन चाहने व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा परिषद्मा
दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा नियम ३ को उपनियम (२) बमोजिम
निर्धारित शैक्षिक योग्यता वा उपाधि तथा तालीमको प्रमाणपत्रको अतिरिक्त त्यस्तो शैक्षिक
योग्यता वा उपाधि तथा तालीमको प्रमाणपत्रको सम्बन्धमा आधिकारिक निकायबाट दिइएको
कागजात, नियम ४ बमोजिम निर्धारित नाम दर्ता दस्तुर र नेपाली नागरिक भए नेपाली
नागरिकताको प्रमाणपत्र र गैर नेपाली नागरिक भए राहदानी वा निजको परिचय जनिने गरी
सरकारी निकायबाट जारी भएको परिचयपत्र समेत संलग्न गर्नु पर्नेछ ।